२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

पहिरोमा परि दुईजनाको मृत्यु : १९ जना बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ ।

याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ ।

एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ । बुधबार मध्यरातमा गाउँमाथिबाट बाढी तथा पहिरो खस्दा घरहरु बगाएको हो ।

यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे अहिले नै भन्न नसकिने उनले बताएका छन् ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ असार २५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP