२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

सामुदायिक विकास केन्द्र डोटीद्वारा २५० परिवारलाई खाद्यान्न वितरण

डोटी- सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीले दुई सय ५० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोभिड १९ का कारण जीपिकोपार्जन गर्न समस्या भएका आदर्श गाउँपालिका वडा नं. १, २ र ४ का अति संकटासन्न परिवारलाई आद्यान्न वितरण गरेको हो ।

गैर सरकारी संस्था सिडिसिले आय आर्जन नभएका, एकल महिला, दलित, अपाङ्ग गरिविको रेखामुनी रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । संस्थाले सञ्चालन गरिरहेको कोभर योजना अन्तरगत नेपाल सरकारको मापदण्ड अनुरुप प्रति परिवार जिरा मसिनो चामल ३० किलो, दाल तीन किलो, चिनी दुई किलो, तेल दुई लिटर, नुन दुई किलो र चार–चार वटा नुहाउने सावुन वितरण गरेको संस्थाका अध्यक्ष हेमराज जोशीले बताए ।

गाउँपालिकाको समन्वयमा सम्बिन्धित वडाले सिफारिस गरेका विपनन परिवारलाई राहत वितरण गरिएको हो । कोभर परियोजना गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ र ७ मा सञ्चालीत रहेको छ । परियोजना सञ्चालनमा रहेका अनय वडामा पनि सोही अनुरुप खाद्यान्न वितरण गरिने सामुदायिक विकास केन्द्रले जनाएको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ असार ९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP