२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

‘भ्रष्टाचारलाई संरक्षण दिएको’ भन्दै पोल र पशुमा पम्प्लेटिङ

बुटवल । बुटवलका सहरमा बुधबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती देखियो । पोस्टरमा पौडेल र बास्कोटा भ्रष्टाचारमा मुछिए पनि प्रधानमन्त्री ओलीले संरक्षण गरेको उल्लेख छ ।

पोस्टर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले टाँसेको हो । यस्ता पोस्टर सार्वजनिक स्थलमा मात्र होइन, छाडा पशुचौपायाका शरीरमा समेत टाँसिएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय कमिटीको नाममा एकाबिहानै बुटवलको गोलपार्क, ट्राफिकचोक, मिलनचोक, बसपार्क, चौराहा र सैनामैनालगायतका सार्वजनिक स्थानमा पोष्टर टाँसिएको हो ।

विप्लवनिकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध सांकेतिक भण्डाफोर अभियानअन्तर्गत रुपन्देहीसहित साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा पोष्टर टाँसिएको जनाएको छ । – OnlineKhabar

Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७६ चैत्र ५

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७६ चैत्र ५

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७६ चैत्र ५

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

TOP