२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

दाङमा क्वारेन्टिन भित्रै विवाह

दाङ- भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।

घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै अन्तरजातीय विवाह भएको हो ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेटेटिभ आएपछि जेठ ३२ गते विवाह भएको हो ।

पहिले देखिनै मायाप्रेम रहेका उनीहरुले आग्रह गरेपछि विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताए । घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य विधिबाट विवाह भएको उनले जानकारी दिए ।

जेठको पहिलो साता नेपाल आएका उनीहरु झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका थिए । त्यसपछि उनीहरु विवाह बन्धनमा बाधिएका हुन् । विवाहपछि एक हप्ता सेल्फ क्वारेन्टिनमा बस्ने गरि उनीहरुलाई बिदा गरिएको छ ।nepalsamaya

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ असार २

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP