लम्की-कैलालीमा क्वारेन्टिनमै महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका हुन्।
क्वारेन्टिनमै खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगी पक्राउ परेका हुन्।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरेका छन्।
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...