२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सुदूरपश्चिमबाट ५ सय ५७ जना बेपत्ता

बेपत्तापारिएको व्यक्तिको छानविन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूकोे सूची सार्वजनिक गरेको छ।

अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि आयोगले द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो। 

आयोगका अनुसार सुदूरपश्चिबाट ५ सय ५७ जना नामावलीमा अटाएका छन्। प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरबाट ७८ जना बेपत्ता पारिएका छन्। त्यस्तै अछामबाट ५६ जना, कैलालीबाट ५५ जना, डडेल्धुराबाट २७ जना, डोटीबाट १३ जना, दार्चुलाबाट २० जना, बझाङबाट २० जना, बाजुराबाट २१ जना र बैतडीबाट ६७ जना बेपत्ता भएको सूचीमा छन्। 

सशस्त्र संघर्ष विराम लागेको १३ वर्षपछि अयोगले नामावली सार्वजनिक गरेको हो। आयोगले अनुसन्धान सुरु गरेकाले वेपत्ता व्यक्ति बारे कुनै जानकारी भए आयोगलाई दिन सबैको सहयोगका लागि सूचीसहितको सूचना जारी गरेको सूचना अधिकारी निराजन घिमिरेले बताए।

बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सीधै कार्यालयमा गएर सूचना दिने व्यवस्था मिलाएको आयोगले जनाएको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७६ चैत्र ४

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP