२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

पिसिआर परिक्षण बढाउन माग गर्दै सुदूरपश्चिम सरकारलाई काँग्रेसको ज्ञापनपत्र

कैलाली- पिसिआर परिक्षण बढाउन माग राख्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको गौरिगंगा नगर कमिटी कैलालीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको हो।

नगर सभापति काँशीराम शर्माको नेतृत्वमा सामाजिक मन्त्री सुबेदीलाई बुझाएको ज्ञापन पत्रमा आरडिटी परिक्षण बिश्वसनियन नदेखिएको भन्दै चौतर्फि बिरोध भईरहेको अहिलेको परिवेशमा यसलाई रोकी तत्काल पिसिआर परिक्षण बढाउन माग गरिएको छ ।

ज्ञापन पत्रमा क्वारेन्टाईनमा बसेकाहरुको उचित ब्यबस्थापन गरिनु पर्ने र उनीहरुलाई घर पठाउँदा अनिवार्य पीसीआर परिक्षण गरेर पठाउनु पर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा नगर सभापति शर्मासंगै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य भोजबहादुर बम, राम बहादुर कलेल लगायतको सहभागिता रहेको थियो ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP