२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिमका १४७ जनामा कोरोना संक्रमण : एकै दिन थपिए ३७ संक्रमित

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ४७ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशाला, सुर्खेतको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज थप ३७जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या एक सय ४७ पुगेको हो । धनगढीको प्रयोगशालाबाट एक सय ३०, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

आज मात्रै डडेल्धुराका ७ जना, दार्चुला १० जना, कञ्चनपुरका १९ जना र कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ। 

१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भईसकेको छ। यस्तै एक जनालाई भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। बाँकी एक सय २६ जनालाई भने सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनमा राखिएको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP