डोटी- अछामस्थित बयलपाटा अस्पतालमा कार्यरत सफाइकर्मीले आफ्नै शरिरमा आगो लगाएर आत्माहत्या गर्ने प्रयास गरेकाछन् । अस्पताल प्रशासनले जागरिबाट निकालेको आवेगमा २७ वर्षीय युवक सिद्धार्थ आउजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएर आत्माहत्याको प्रयास गरेका हुन् ।
अस्पताल हाता भित्रै आत्मदाहको प्रयास गरेका आउजीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
अस्पताल प्रशासनले लकडाउनमा आर्थिक संकट परेको भन्दै आउजि लगाएत ३३ जना तल्लो तहमा काम गर्ने कर्मचारिलाई हटाएको छ । उनि संगै हटाइएका कर्मचारी विशाल पण्डितले दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी थमाएको बताए । उनका अनुसार आर्थिक अवस्था निकै कमजोर भएका आउजी आफुलाई अस्पतालले हटाएको प्रति निकै चिन्तित भएको र घर चलाउन गाह्रो भएको गुनासो गर्दै आएका थिए ।
‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं ‘ आउजी संगै कार्यरत पण्डितले भने,’ तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’
महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारीलाई हातमुख जोड्न समेत मुस्किल भएको निकालिएका कर्मचारीहरुको गुनासो छ । निकालिएका कर्मचारीहरुले थोरै तलबमा काम गर्ने कर्मचारी सहित अस्पतालले अहिले सम्म दिदै आएको अर्थो बिषेश सेवामा कार्यरत अर्थो डक्टरलाई समेत हटाएको गुनासो गरे । उनिहरुका अनुसार अस्पताललाई चाहिले जनशक्ति हटाएर राजनीतिक दाउँपेचका आधारमा धेरै तलब खाने अस्पताललाई खासै आवस्यक नपर्ने जनशक्तिलाई राखेको स्थानियहरुको गुनासो छ ।
साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि निवेदन दिइएको थियो । सोही कारणदेखाएर उनले आत्मदाहको प्रयास गरेको हुनसक्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आत्मदाह गर्नुको कारण नखुलेको बताए । ‘के कारणले हो भन्ने खुलेको छैन, तर अस्पतालको करार अवधि थप नभएको देखियो’ उनले भने । गम्भीर घाइते आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पौडेलले बताए ।
अस्पताल प्रशासनले अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको स्वीकार गरेको छ ।
साँफेबगर नगरपालिकाले पनि उनीहरूमाथि साँच्चै अन्याय भएको भन्दै जेठ १४ गते विज्ञप्ति नै निकाल्यो । नगरपालिकाका मेयर कुलबहादुर कुँवरले सरोकारवाला निकायसँग कुनै छलफल नै नगरी कर्मचारी निकालिएको भन्दै विज्ञप्ति जारी गरेर आपत्ति जनाएका थिए । ‘विश्व कोरोना महामारीको चपेटामा रहेको अवस्थामा स्वास्थ्यकर्मीको निकै आवश्यकता छ । यस्तो बेला स्वास्थ्यकर्मीलाई अवकाश दिनु उत्तम मान्न सकिँदैन’, नगरको विज्ञप्तिमा भनिएको छ ।
तर अस्पताल प्रशासनले कसैको वास्ता नगरेर जवरजस्ति कर्मचारीलाई हटायो । सोमबार अस्पतालमा काम गर्न गएका आउजीलाई काम गर्न रोक लगाएपछि आवेगमा आएर आफ्नै शरिरमा आगो लगाएका हुन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...