२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

मानवीय सेवामा समाजसेवी जोशी : डोटीमा पुनः खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

डोटी- मुलुक कोरोना भाइरस कोभिड १९ का कारण आक्रान्त बनेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्य जाँच तथा क्वारेण्टाइन व्यवस्थापनमा निकै समस्या देखिएको छ । हजारौंको संख्यामा भारतबाट सुदूरपश्चिमेलीहरु स्वदेश फर्के पछि कोरोनाको जोखिम निकै बढेको छ । भरपर्दो स्वास्थ्य परिक्षण नहुँदा, क्वारेण्टाइन व्यवस्थित नहुँदा जोखिम उच्च बनेको छ ।

स्थानिय सरकारलाई क्वारेण्टाइन र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यसै बीच समाज सेवी भक्तराज जोशी खाद्यान्न, स्वास्थ्य सामग्री सहित डोटी पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजीक कार्यमा सहयोग गर्दै आएकाछन् । डोटी स्थायी घर भै कैलाली बस्दै आएका जोशी लकडाउनमा भारतबाट आउने नेपालीको उद्धार देखि क्वारेण्टाइनमा चाहिने वेड विस्तारा, खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री लगायतको जोह गरि वितरण गर्न व्यस्त छन् ।

आइतबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास संस्था अन्तरगत १० वडा जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तरगत डोटीका ती वटा स्थानिय तहहरुलाई खाद्यान्न र जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेकाछन् । जोशीले यस अघि पनि सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरिसकेकाछन् ।

यस पटक जोशीले सायल गाउँपालिका, आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरेका छन् । उनले सायल गाउँपालिका र आदर्श गाउँपालिकालाई आइतबार ३०÷३० क्वीन्टल मध्यम मसिनो चामल, ३÷३ क्वीन्टल मुसुरोको दाल र ३÷३ क्वीन्टल आलुका दरले वितरण गरेकाछन् भने पूर्विचौकी गाउँपालिकालाई ४० क्वीन्टल मध्यम मसिनो चामल, ३क्वीन्टल ९० किलो मुसुरोको दाल र ४ क्वीन्टल आलु वितरण गरिका छन् । उक्त खादान्न क्वारेण्टाइनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए । जोशीले आफुले दिएको ब्राण्डको खाद्यान्न क्वारेण्टाइनमा बसेकालाई दिन स्थानिय सरकारलाई अनुरोध गरेका छन् ।

त्यस्तै जिल्ला अस्पताल डोटीलाई केयर एण्ड रिलिफ परियोजाको स्वास्थ्य तथा सरसफाई कार्यक्रम अन्तरगत अस्पतालका कोरोना बिरामीकालागि म्याट्रेस बेडिङ्ग फोम २५ थान, बल्याङ्केट २५ थान, तकिया २५ थान, तन्ना २५ थान र सर्जिकल मास्क दुई हजार थान उपलब्ध हस्तानतरण गरिएको छ । यसै क्रममा जोशीले डोटीका पत्रकारहरुलाई फोटो पत्रकार महासंघ डोटी शाखा मार्फत स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

जोशिलेल यसअघि पनि कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि डोटीमा स्वास्थ्य सामग्री, क्वारेण्टाइनका लागि सामग्री, विपन्नका लागि राहतको व्यवस्था गरेका थिए । डोटी लागयत अन्य जिल्लाहरुमा समेत उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो व्यक्तिगत पहलमा सहयोग गर्दै आएकाछन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २५

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP