२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिमका थप ५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज

सुदुरपश्चिम प्रदेशका थप पाँच जनाले कोरोना जितेका छन् । कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितरे घर फर्किएका छन् ।

कैलालीको जानकी जानकी गाउँपालिकाका वडा नं. ३ का २ जना, वडा नं. ४ का २ जना र वडा नं. ७ का १ जनाले कोरोना जितेका हुन् । अस्पतालले उनीहरु सबैको पहिलो पटक जेठ १७ गते र जेठ २१ गते पुनः स्वाब परिक्षण गरेको थियो ।

उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए ।

अब टीकापुर अस्पतालमा एक गर्भवती महिलासहित टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना आइसोलेसनमा उपचाररत छन्।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP