डोटी- सुदूरपश्चि स्वास्थ्य निर्देशनालयले पाँच दिन यता कोरोना परिक्षणका लागि स्वाब संकलन गरेर नपठाउन निर्देशन दिएको छ । स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नभएकाले तत्काल स्वाब संकलन र परिक्षणका पठाउने कार्य नगर्न ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।
प्रदेशमा रहेको एकमात्र प्रयोगशालामा परिक्षणका लागि आज सम्म एक हजार एक सय स्वाब क्यूमा राखिएको छ । त्यसमध्य दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ । प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै ५ दिन सम्म संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।
निर्देशक अवस्थीले प्रयोगशालामा अहिलेको स्टक स्वाब भन्दा बढी राख्न नसकिने बताउदै स्टक स्वाब परीक्षण गराउन मात्रै ४ दिन लाग्ने भएकाले ५ दिनसम्म संकलन गर्ने काम रोक्न निर्देशन दिएको बताए । उनले डिफ्रिजको क्षमता नहुँदा चेकजाँचै गर्न नपाई स्वाब बिग्रिने अवस्था भएकाले संकलन कार्य रोकिएको जानकारी दिए ।
प्रदेशमा भारतबाट आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै प्रयोगशाला, किट र जनशक्तिको समेत अभाव देखिएको छ ।
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...