२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो : ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण

नेपालमा मंगलबार  २८८ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो ।   योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।  

योसँगै नेपालमा २०९९ संक्रमित मध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए।  उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिए। 

४ स्वास्थ्यकर्मीमा पनि संक्रमण

राजधानीका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका चारै स्वास्थ्यकर्मी काठमाडौं मेडिकल कलेजमा कार्यरत रहेका छन्।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो।

स्वास्थ् मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार प्रसुती गृहमा पनि एक जना बिरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा यो भन्दा पहिले १५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। योसँगै कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या १९ पुगेको छ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ जेष्ठ २०

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP