२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुग्यो : कपिलवस्तुमा थपिए १३ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या एकहजार आठ सय नाघेको छ । सोमबार साँझ कपिलवस्तुका सात जनासहित १३ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।

पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।

त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएका हुन्।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ जेष्ठ १९

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP