२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

बाढीले खोला किनारमा पाल टाँगेर बसेका दुई मजदुर बगायो

कैलाली- खोलाको छेउमा पाल टाँगेर बसेका दुईजना मजदुरलाई बाढीले बगाएर बेपत्ता पारेको छ । कैलाली चुरे गाउँपालिका-१ को पातले खोलामा  गएराती आएको बाढीले सोही खोला किनारमा पाल टाँगेर बसेका सहजपुर–बोगटान-दिपायल सडकखण्डमा मजदुरी गर्ने दुई मजदुर बगाएर वेपत्ता पारेको  प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका -४ गुलरियाका ४५ वर्षीय कमल थापा र सोही ठाउँका २४ वर्षीय गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जनाए । वेपत्ताहरुको खोजी कार्य जारी राखिएको बताए।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ १९

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP