२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

बाँकेमा हाइस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

बाके- पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको जंगलमा हाइस गाडी दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ भने दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरीमा ल्याइएको छ ।

नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा एघार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाकेले जानकारी दिएको छ। राती सवा १२ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांङ तर्फ गईरहेको अवस्थामा उक्त घटना घटेको हो।भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गएको ३३ सवारी (चालक समेत गरि) मध्ये ११ को मृत्यु (१० पुरुष+ १ महिला)। बाँकी (२१ पुरुष + १ महिला) को भेरी अस्पतालमा उपचार हुँदै। ४ जना गम्भीररहेको बताईएको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ १९

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP