नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) १६६ जना थपिएपछि संक्रमितको संख्या पुगेको हो। यीमध्ये १६२ जना पुरुष र ४ जना महिला छन्।
यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२० जना संक्रमण मुक्त भएका छन्।
अहिलेसम्म देशभर ६९ हजार ५ सय ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
अहिले देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।
त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ३ सय ४९ जना आइसोलेसनमा छन्
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...