२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया अघि बढाउने भएको छ। पार्टी सभापति रवि लामिछानेले बुधबार केन्द्रीय समितिको दोस्रो बैठक बोलाएका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा सभापति लामिछानेले मनोनयन गरिने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए।

अझै बाँकी छन् विभिन्न पदाधिकारी

महाधिवेशनपछि पनि पार्टीमा वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्तासहितका पदाधिकारी मनोनयन गर्न बाँकी रहेको छ।

पार्टी स्रोतका अनुसार सभापति लामिछानेले यस बैठकबाट विशेषगरी कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्ने तयारी गरेका छन्।

५१ केन्द्रीय सदस्य पनि मनोनयन हुने

रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति र प्रदेश सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था अनुसार अहिले पनि ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको छ।

बुधबारको बैठकबाट केही केन्द्रीय सदस्यसमेत मनोनयन गरिने तयारी रहेको जनाइएको छ।

समावेशी सिद्धान्तलाई प्राथमिकता

महामन्त्री विपीन आचार्यले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन हुन सक्ने जानकारी दिँदै मनोनयन प्रक्रियामा समानुपातिक तथा समावेशी सिद्धान्तलाई प्राथमिकता दिइने बताए। साथै, पार्टीमा समायोजन भएका पक्षलाई पनि उचित प्रतिनिधित्व दिइने उनको भनाइ छ।

बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन र आगामी राजनीतिक अभियान तथा कार्यक्रमबारे समेत छलफल हुने रास्वपाले जनाएको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ श्रावण १२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP