२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

महाधिवेशनअघि कांग्रेस सक्रिय सदस्यता व्यवस्थापनमा, साउन १५ भित्र प्रक्रिया टुंग्याउन निर्देशन

महाधिवेशनअघि कांग्रेस सक्रिय सदस्यता व्यवस्थापनमा, साउन १५ भित्र प्रक्रिया टुंग्याउन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता व्यवस्थापनलाई तीव्रता दिएको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता अनुमोदनसम्बन्धी विभिन्न निर्णय सार्वजनिक गरेको हो।

महामन्त्री पौडेलका अनुसार प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त आवेदन अनुमोदन गर्ने अन्तिम मिति साउन १४ गते तोकिएको छ। वडा सभापतिले होल्डमा रहेका आवेदन अनुमोदन गर्नुपर्नेछ भने पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट प्राप्त आवेदन तीन–तीन दिनभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ।

विकट जिल्लाका सदस्यको अद्यावधिक केन्द्रबाट

समितिले भातृ संगठन, शुभेच्छुक संस्था तथा इन्टरनेट पहुँच कम भएका उच्च हिमाली र विकट पहाडी जिल्लाका सदस्यहरूको विवरण एक्सेल फाराममार्फत केन्द्रबाट अद्यावधिक गर्ने निर्णय गरेको छ।

त्यस्ता सदस्यहरूको विवरण साउन १५ गतेभित्र केन्द्रमा बुझाउनुपर्ने र त्यसपछि केन्द्रबाट सदस्यता अद्यावधिक गरिने जनाइएको छ।

सभापति नभएका स्थानमा वैकल्पिक व्यवस्था

क्रियाशील सदस्यता अद्यावधिक हुन नसकेका प्रतिनिधिसभा क्षेत्र वा मातहतका तहमा आवश्यक परे केन्द्रीय प्रतिनिधिको सिफारिसमा वैकल्पिक सभापति तोकी सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता अनुमोदन गर्ने व्यवस्था गरिने निर्णय पनि गरिएको छ।

त्यस्तै, विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुट भएका जिल्लाका सदस्यहरूको विवरण पनि केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट अद्यावधिक गरिनेछ।

न्यून सदस्य भएका वडामा केन्द्रबाट सदस्यता

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कुनै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम३५ वर्षमुनिका सदस्य संख्या पाँचभन्दा कम भएमा त्यस्ता वडामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ।

पार्टीले महाधिवेशनअघि सदस्यता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने उद्देश्यले यी निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०८३ श्रावण १२

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP