खाना नपाएको कारण एकजना जटही नाकामा मृत्यु भएपछि सयौँको संख्यामा नेपालीहरु प्रधानमन्त्री केपी शर्मा विरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । भारतमा रहेको समय करिब १५ दिन देखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि भोकै मृत्यु भएको छ । मृतक यादव अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।
जटही नाकाबाट करिब ३ सय नेपाली लठी, भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । प्रर्दशनको क्रममा तिनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोसमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका छन् ।
आक्रोसित नेपालीहरुलाई प्रहरी रोक्न खोज्दा तिनीहरुसँग समेत रुकेका छैनन् भने पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै आइरहेको छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार समप्रेसन नगरेको भन्दै पत्रकार विरुद्ध समेत पर्दशन गर्दै जनकपुरधाम तर्फ नेपालीहरु आइरहेको छन् ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...