२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध : लिपुलेकलाई विवादित क्षेत्र भन्ने मन्त्रीले माफी माग्नुपर्ने माग

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ।

मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्।

प्रदेशको बजेट अधिवेशनअन्तर्गत मंगलबार भएको पहिलो बैठकमा मन्त्री बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएका थिए। बुधबारको प्रदेशसभा बैठक सुरु भएलगत्तै मन्त्रीले माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध पारेका हुन्।

संघीय सरकारले नेपालको भू-भागका रुपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा अद्यावधिक गरिसकेको अवस्थामा मन्त्रीले नै विवादित भनेपछि बोहोराले सदनमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरुको माग छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्दराज बोहराले मन्त्रीको अभिव्यक्ति सरकारकै अभिव्यक्तिका रुपमा रहने भएकोले मन्त्रीले माफी माग्नु पर्ने बताए।

मन्त्री बोहोराको उक्त अभिव्यक्तिप्रति सत्तारुढदलकै सांसदहरुले पनि आपत्ति जनाएका छन्।

प्रतिपक्षी दलको अवरोध पछि सभामुख अर्जुन बहादुर थापाले प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन्।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७७ जेष्ठ १४

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP