दिपायल – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको सुदूरपश्चिम रोयल्सले आगामी तीन सिजनका लागि रेड बुल नेपालसँग शीर्ष (टाइटल) प्रायोजन सम्झौता गरेको छ ।
तीन वर्षका लागि भएको सम्झौताअनुसार रेड बुल नेपाल सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक बनेको हो। दुवै पक्षले यस सहकार्यले क्लबको व्यावसायिक विस्तारसँगै नेपाली क्रिकेटको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
रेड बुल नेपाल र सुदूरपश्चिम रोयल्सका अनुसार साझेदारीले समर्थकको सहभागिता बढाउने, नेपाल प्रिमियर लिगको विकासमा योगदान पुर्याउने तथा नेपाली क्रिकेटको व्यावसायिक विकास र ब्रान्ड प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी एनपीएलको तेस्रो सिजनअघि भएको यो सम्झौताले सुदूरपश्चिम रोयल्सको व्यावसायिक तथा बजार विस्तारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...