२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

क्वारेण्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु

कञ्चनपुर- क्वारेण्टाइनको व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ कञ्चनपुरका वडा अध्यक्ष कल्लु रानाको मंगलबार राती मृत्यु भएको हो।


वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी नायव निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ। 

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ जेष्ठ १४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP