२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

राधाकृष्ण माविको विव्यस अध्यक्षमा पूर्व प्रअ अर्जुन बलायर चयन

दिपायल – राधाकृष्ण माध्यमिक विद्यालय (शिखर नगरपालिका -८ गोपघाट )को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन कुमार बलायर चयन भएका छन् । शुक्रबार सम्पन्न अभिभावक भेलाबाट बलायरको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

सदस्यहरु देव बहादुर बलायर, कमला कुमारी बलायर, राम दमाई, काली कुमारी कार्की रावत, ललिता बलायर चयन भएका हुन् । त्यस्तै समितिको पदेन सदस्यमा वडाध्यक्ष लाल बहादुर महरा र सदस्य सचिवमा प्रधानाध्यापक रमेश ओझा चयन भएका छन् ।

अध्यक्षमा चयन भएका बलायर सोही विद्यालयका पूर्व प्रधानाध्यापक हुन् ।

अभिभावक भेलाबाट शुक्रबार नै शिक्षक-अभिभावक संघ पनि गठन गरिएको छ। शिक्षक-अभिभावक संघको अध्यक्षमा डीक ऐरको नेतृत्वमा समिति चयन गरिएको छ ।

शिक्षक-अभिभावक संघको सदस्यहरूमा हेमा बिष्ट, योगेन्द्र बलायर, कर्ण बलायर, गिरी दमाई, तुलसी बलायर, सुना कामी र सरु कामी चयन भएका छन् ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८२ मंसिर २६

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP