२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

डोटीमा तरकारी बेच्न निस्किएका किसान मृत भेटिए 

दिपायल – डोटीमा एक जना कृषक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका – ५ अत्तरकाँडाका ६८ वर्षीय दान सिंह कोट्केनी बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोट्केनी बुधबार दिउँसो तरकारी बेच्न भनेर घरबाट निस्किएका थिए । स्थानीय बागछेडा बजारमा तरकारी बेच्न भनेर हिँडेका उनी बिहीबार ११ बजेको समयमा भीरचौतारीस्थित विपिनगर – बागछेडा सडक खण्डको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय विमल बोहोराले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । घटनाको जानकारी पाए पछि प्रहरी चौकी खड्यौलीबाट प्रहरी सहायक निरीक्षक विक्रम डगौराको कमाण्डमा ३ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक वीर बहादुर बोहराको कमाण्डमा ५ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८२ कार्तिक २८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP