२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण हुने भएको छ। स्वाथ्य मन्त्रालयको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा भवन निर्माण हुन लागेको हो ।

 

भवन निर्माण कार्यको शनिबार नगर प्रमुख दीर्घ बहादुर बलायरले  एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै उनले यस क्षेत्रमा प्रसूति गृह अत्ति आबस्यक भएकाले सम्झौता अवधि भित्र, गुणस्तरीय काम गरेर निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यसायीलाई निर्देशन दिए ।

 

आधारभूत स्वाथ्य सेवा केन्द्रसँगै निर्माण कार्य सुरु भएको उक्त भवनले महिलाहरूका लागि सहज हुने नगर प्रमुख सुनिता रावल जोराले बताइन् । ३ नम्बर वडाका महिलाहरुले सुत्केरी सेवा लिन मुडभरा, दिपायल जानु पर्ने वाध्यता थियो,”उनले भनिन्,”महिलाहरुको त्यो बाध्यतालाई मध्यनजर गर्दै बर्थिङ्ग सेन्टर यहाँ निर्माण गर्ने भनी छनोट गरिएको हो ।

 

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको ३९ लाख बजेटमा चार कोठे, दुई तले भवनको निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८२ बैशाख २८

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP