२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते

फाइल तस्बिर

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको जोरायल गाउँपालिका – २ मेलखोलामा हाइस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

मंगलबार राति ११ : ३० बजेको समयमा धनगढीबाट बैतडी जाँदै गरेको सु.प.प्र. ०२००१ ज ०५६७ नम्बरको इलोक्ट्रनिक हाइस दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार दुर्घटनामा हाइस चालक पूर्चौडी गाउँपालिकाका २४ वर्षीय अशोक बमसहित ७ जना यात्रु घाइते भएका हुन् ।

 

 दुर्घटनामा डिलासैनी गाउँपालिका – ४ का ४५ वर्षीय हर्क बहादुर नेगी, सोही ठाउँका २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदिश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र २८ वर्षीय वीर बहादुर नेगी घाइते भएका छन् ।

 

घाइते मध्य ५ जनाको स्वाथ्य अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ।  इभि हाइस चालक बम र ६५ वर्षीय धना नेगीको अवस्था गम्भीर रहेको छ।

 

घाइते सबैको उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार इभि हाइस एक्कासी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८२ बैशाख १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP