२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 

 

दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको जोरायाल गाउँपालिका – १ गोल्डेन स्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना भएको हो ।

 

दुर्घटनामा ट्रक चालक बुङ्गल नगरपालिका – २ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो । ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान खुल्ल नसकेको उहाँले बताउनु भयो ।

 

बुधबार बिहान ६ बजेको समयमा मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८२ बैशाख १०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP