२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

सामाजिक सञ्जालका लिंक क्लिक नगर्न र सफ्टवेयर ‘इन्स्टल’नगर्न साइबर ब्युरोको सुझाव

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाइ अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतना अपनाउन नेपाल प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ ।

 

ब्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिंक क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिंक खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिंक पठाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८१ चैत्र २८

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP