२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमबाट ५८ हजार ९४३ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष २८ हजार ६६ जना छात्र र ३० हजार ८७७ जना छात्राहरु परीक्षामा सहभागी हुने छन् ।

गत वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशबाट एसईई दिने विद्यार्थीहरुको संख्यामा यस वर्ष ३ हजार ९३३ ले वृद्धि भएको छ । गत वर्ष ५५ हजार १० जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए । सुदूरपश्चिमबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुमध्य छात्राको संख्या २ हजार ८११ जनाले बढी छ ।
सबैभन्दा बढी कैलालीबाट १९ हजार ४८८ र सबैभन्दा कम डडेल्धुराबाट दुई हजार ८०२ जना परिक्षार्थी एसईईमा सहभागि हुँदैछन् । त्यस्तै, कञ्चनपुरबाट ११ हजार ३०१, बैतडीबाट पाँच हजार ३६२, अछामबाट पाँच हजार २९ विद्यार्थीले एसईई परिक्षा दिने भएका छन् । बझाङबाट चार हजार ६४४, डोटीबाट चार हजार ६२, दार्चुलाबाट तीन हजार २३७ र बाजुराबाट तीन हजार १८ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

सुदूरपश्चिम प्रदेशबाट सहभागी हुने ५८ हजार ९४३ जना विद्यार्थीहरुमध्य प्राविधिकधार तर्फ नियमित एक हजार १४९ छात्र र ९४३ छात्रा गरी जम्मा दुई हजार ९२ जना परीक्षामा सहभागी हुदैछन् । त्यस्तै साधारण तर्फ नियमित २१ हजार २९६ जना छात्र र २२ हजार ६२७ छात्रा गरी जम्मा ४३ हजार ९२३ जना विद्यार्थीहरु सहभागी हँदैछन् । ग्रेडवृद्धि तर्फ पाँच हजार ६२१ छात्र र सात हजार ३०७ गरी जम्मा १२ हजार ९२८ जना विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् ।

यसपटक प्रदेशका नौवटै जिल्लामा गरि दुई सय २६ परीक्षा केन्द्र तोकिएको सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले बताउनु भयो । बोहराका अनुसार यस वर्ष कैलालीका लागि ५४ वटा परीक्षा केन्द्र तोकिएको छ भने कञ्चनपुरका लागि ३७ वटा केन्द्र तोकिएको छ । त्यस्तै, डडेल्धुराका लागि १३, डोटीका लागि १५, अछामका लागि २६, बाजुराका लागि १७, बझाङका लागि २०, बैतडीका लागि २७ र दार्चुलाका लागि १७ वटा केन्द्र तोकिएको छ ।

परिक्षा केन्द्र गत वर्षभन्दा यस वर्ष १५ वटा बढेका छन् । गत वर्ष परिक्षा केन्द्र दुई सय ११ थिए भने यस वर्ष दुई सय २६ तोकिएको छ ।
एसईई परिक्षाका लागि केन्द्राध्यक्ष २२६ जना र सहायक केन्द्राअध्यक्ष ४१९ जना तोकिएको छ । निरीक्षक दुई हजार ९५५ र सहायक कर्मचारी ५९३ जना तोकिएको छ । एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार ३९० प्रहरी परिचालन हुने बोहराले बताउनु भयो । साथै, सहयोगी कर्मचारी एक हजार १७६ गरेर कुल ८ हजार ७५९ कर्मचारी परिचालित हुनेछन् ।

बिहिबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा भएको सूचना अधिकारी बोहराले बताउनु भयो । परीक्षालाई मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरेर सबै जिल्लाका केन्द्राध्यक्षहरुलाई प्रश्नपत्र र कापी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ चैत्र ६

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP