२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाई सुरक्षा अलर्ट, मोटरसाइकललाई प्रवेश गर्न रोक

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइपछि आज दिउँसो काठमाडौं फर्कँदै छन्। उनी तीन बजे पोखराबाट चार्टर्ड विमानमार्फत काठमाडौं जाँदै छन् ।

पूर्वराजा काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन्।

उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट)मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । उनीहरुले सोधपुछ र चेकजाँचपछि मात्रै उनीहरुलाई भित्र प्रवेश गर्न दिएका छन् ।

मोटरसाइकललाई विमानस्थल प्रवेश गर्न रोक

मोटरसाइकलमा सवार व्यक्तिलाई त प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन् ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८१ फाल्गुन २५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP