२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन् ।

उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ माघ ७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP