२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न रास्वपा सुदूरपश्चिमको माग

धनगढी– दैनिक उपभोग्य सामानको अनावश्यक संचय गरि बजारमा कृतिम अभाव सृजना गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कमिटिले मुख्यमन्त्री कमलबहादुर शाहको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुख्यमन्त्री शाहलाई कमिटिका महामन्त्री सन्तोषराज जोशीसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै दैनिक उपभोग्य बस्तु, यातायात र हवाई क्षेत्रमा आम उपभोक्ता तथा नागरिकले मार खेपिरहेको जनाएको हो ।

‘दैनिक उपभोग्य वस्तुमा कालोबजारीले प्रसय पाएको, भ्रमपूर्ण विज्ञापन गरि उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मूल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, विलविजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभुति नगरिएको लगायतका व्यापक जनगुनासा छन्’ सो पत्रमा भनिएको छ –उपभोक्ताको संवैधानिक हकको संरक्षण तथा सर्वद्धन गर्न, उपभोक्तालाई प्रचलित कानुन बमोजिमको प्राप्त हकको प्रचलनको सुनिश्चितता, खाद्य तत्वको मिसावट नियन्त्रण गर्ने लगायत हवाई तथा यातायात क्षेत्रमा भएको चरम भाडादर बृद्धिको विषयमा राज्यको उपस्थिति आम उपभोक्तालाई महसुस गर्न पाएका छैनन् ।’

व्यवसायीलाई आतंकित नबनाई समन्वयात्मक भुमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न पार्टीले मुख्यमन्त्रीको ध्यानाकर्षण गरे ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०८१ आश्विन १५

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP