दिपायल– डोटी जिल्लाका सुरक्षा अधिकारीहरुले अपराध तथा सडक दुर्घटना नियन्त्रणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले मंगलबार आयोजना गरेको पत्रकारसंग परिचायत्मक तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र भर्खरै सरुवा भएर आएका प्रहरी उपरिक्षक विनोद शर्माले जिल्लामा हुने अपराधका घटनामा कमी ल्याउन तथा सडक दुर्घटना हुन नदिन सुरक्षा संयन्त्र वलियो बनाएको बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने –‘जिल्लामा सम्भावित अपराधका घटन हुन नदिन सुरक्षा निकायले कार्ययोजना बनाई काम गरिरहेको छ । शान्ति, सुरक्षा र सुशासनमा हामीले जोड दिएका छौं ।’ उनले सडक दुर्घटना हुन नदिन र सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले भने –‘अहिले पहाडका थुप्रै सडक सञ्जाल पहिरोका कारण अवरुद्ध छन् । त्यसलाई सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य भइरहेको छ ।’
उनले जुवाताँस खेल्ने, कालोबजारी गर्ने, मनोमानी भाडा असुल्ने लगायतका गतिविधि हुन नदिने बताए । उनले भने –‘हामीले बजार अनुगमनलाई पनि निरन्तरता दिएका छौं । यस वर्ष अनुगमनका क्रममा नियमविपरित सञ्चालन भएका व्यवसायीलाई जरिवानासमेत गराएका छौं । यसले केही हदसम्म बजारमा सुधार पनि भएको छ ।’
उनले चाडपर्वमा हुन सक्ने सम्भावित जोखिम कम गर्न आवश्यक सवारी साधन (एम्बुलेन्स, जेसिवि, डोजर, अग्नि नियन्त्रक लगायत)लार्ई तयारी अवस्थामा राखिएको बताए ।
डोटी प्रहरी उपरिक्षक शर्माले दशैंतिहारलाई लक्षित गर्दै जिल्लाले सुरक्षा कार्ययोजना तयार पारि लागु गरिसकेको बताए । उनका अनुसार दशैं तिहारमा जिल्लाभरीमा तीन सय २६ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । प्रहरीले पैदल गस्ती, बजार अनुगमन, सवारी साधन परिचालन लगायतलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
उनले भने –सबै प्रहरी प्रयोग गरेर शान्ति सुरक्षामा खटाउने छु । जिल्लामा शान्ति सुरक्षा कायम गर्न अनुगमन, निरिक्षणदेखि गस्तीहरु बढाइने छ ।’
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...