२०८१ आश्विन २७, आईतवार
October 13, 2024, Sunday

सेती अस्पतालमा क्यान्सर शिविर सुरु

कैलाली- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु भएको छ । अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सुरु भएको बताए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परीक्षण, उपचार तथा शल्यक्रिया गर्नेछन् । जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइनेछ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप-निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालका अनुसार सेती अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्नेछ ।

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०८१ आश्विन १५

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP