काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशीमा बेपत्ता भएका छन भने एक जना घाइते भएका छन् । भुम्लु गाउँपलिका वडा नं ८ सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा साही गाउँपालिका वडा १ सापिङका अशोक गिरी र भोला महत बेपत्ता भएका हुन् ।
दुर्घटनामा घाइते सानुमाया गिरीको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
दोलालघाटबाट सापिङ हिँडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जाँदै गर्दा ब्याक आएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी बिक्रम कुमार थापाले जानकारी दिए ।
सिमेन्ट र कुखराको दाना लिएर जाँदै गरेको जीप उकालोमा ब्रेक नलागे पछि नदितिर धकेलिदा पछाडी बसेका यात्रु सुनकोशीमा खसेका थिए ।
दिपायल – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ...