२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

जिप दुर्घटना हुँदा २ जना सुनकोशीमा बेपत्ता : एक जना घाइते

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशीमा बेपत्ता भएका छन भने एक जना घाइते भएका छन् । भुम्लु गाउँपलिका वडा नं ८ सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा साही गाउँपालिका वडा १ सापिङका अशोक गिरी र भोला महत बेपत्ता भएका हुन् ।

दुर्घटनामा घाइते सानुमाया गिरीको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
दोलालघाटबाट सापिङ हिँडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जाँदै गर्दा ब्याक आएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी बिक्रम कुमार थापाले जानकारी दिए ।
सिमेन्ट र कुखराको दाना लिएर जाँदै गरेको जीप उकालोमा ब्रेक नलागे पछि नदितिर धकेलिदा पछाडी बसेका यात्रु सुनकोशीमा खसेका थिए ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ ७

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP