२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

डोटीमा बजार अनुगमन, एकै दिन २३ व्यवसायीलाई कारबाही

दिपायल– जिल्ला प्रशासन कार्यालय डोटीले एकै दिन दिपायल सिलगढी नगरपालिकाका २३ जना व्यवसायीहरुलाई कारबाही गरेको छ । सोमबार दिपायल सिलगढीका बजार अनुगमन गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ विपरित कार्य गरेका फर्म तथा उद्योगलाई कारबाही गरिएको हो ।

प्रशासनको संयुक्त टोलीले दिपायल सिलगढी नगरभित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको, म्याद नाघेका सामान विक्री वितरण गरिरहेको, बिक्री बिल नराखिएको लगायतका कैफियतमा व्यवसायीलाई कारबाही तथा सम्झाई बुझाइ गरिएको प्रशासनले जनाएको छ ।

बजार अनुगमनका क्रममा उपभोक्ता ऐन विपरित कार्य गरेका २२ व्यवसायीलाई पाँच हजारका दरले जरिवाना गरिएको जनाइएको छ भने ५९ व्यवसायीलाई सामान्य निर्देशन दिइएको छ ।

जरिवाना कारबाहीमा पर्नेमा कपडा व्यवसायी, जनरल स्टोर, तरकारी पसल, बोइनसप एण्ड सप्लायर्स लगायत रहेका छन् ।

कसलाई के कारबाही हेरौं–


 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ आश्विन ९

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP