धनगढी- नेपाली काँग्रेसको ‘१०० दिने विशेष अभियान’ तयारी तथा त्यसको जानकारी दिनको लागी कैलाली काँग्रेसले यही असोज १८ गते जिल्ला कार्य समितिको बैठक अत्तरियामा वोलाएको छ ।
मंगलबार कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला पदाधिकारीको बैठकले केन्द्रले गरेको परिपत्र अनुसार महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिको सहभागितामा उक्त बैठक वोलाइएको जिल्ला सभापति नारायणदत्त भट्टले जानकारी दिएका छन् ।
१०० दिने विशेष अभियानले नेपाली काँग्रेसलाई बलियो बनाउनुका साथै जनताका समस्या बुझ्न सफल हुने विश्वास लिएको सभापति भट्टले बताए । नेपाली काँग्रेस केन्द्रको १०० दिने विशेष अभियान यहि असोज ७ गतेवाट शुरु भएको छ । १०० दिने विशेष अभियानमा कैलालीका लागि केन्द्रीय प्रतिनिधि योगेन्द्र चौधरी रहेका छन् ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...