२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

१३ औँ सागका पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाए

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तीको खातामा राखिदिएको हो । स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको जानकारी दिए । 

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ जेष्ठ ५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP