काठमाडौं । नेपाल सरकारका आधा दर्जनभन्दा धेरै मन्त्रालयका वेबसाइट डाउन भएका छन् । जरुरी लाइसेन्सको मिति समाप्त हुँदा एक सातादेखि महत्वपूर्ण सरकारी निकायका वेबसाइट बन्द भएका हुन् ।
जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयदेखि, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन् । त्यस्तै वन तथा वातावरण मन्त्रालयको वेबसाइट पनि चलेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र पराराष्ट्र मन्त्रालयको वेबसाइटमा पनि समस्या आएको छ भने महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वेबसाइट खुले पनि ‘नट स्क्योर’ सन्देश देखिने गरेको छ ।
यी वेबसाइट खोल्दा नट सेक्योर देखाउनुका साथै ‘योर कनेक्सन इन नट प्राइभेट’ भन्ने चेतावनी मूलक सूचना देखिन्छ । एकीकृत डेटा व्यवस्थापन केन्द्र (पहिलेको राष्ट्रिय सूचना प्रविधि केन्द्र)का निर्देशक क्षितिज भट्टराईका अनुसार सी-प्यानलको लाइसेन्सको मिति समाप्त भएको र नवीकरण हुन नसकेका कारण विभिन्न सरकारी वेबसाइटमा समस्या आएको हो । अहिले समस्या पत्ता लागिसकेकाले केही दिनभित्रै समाधान हुने उनको भनाई छ ।
सी-प्यानल भनेको वेबसाइट व्यवस्थापन गर्ने एक प्रकारको कन्ट्रोल प्यानल हो । यसबाट ईमेल अकाउन्ट बनाउने, फाइल व्यवस्थापन गर्ने, डेटाबेस सेटअप गर्ने लगायतमा उपयोग गरिन्छ । कतिपय सी-प्यानल सेवाप्रदायकले एसएसएल सर्टिफिकेस पनि उपलब्ध गराउँछन् । सोही कारण सी-प्यानलको लाइसेन्स सकिँदा स्वत: एसएसएल सर्टिफिकेट पनि म्याद गुज्रीन जाने हुन्छ ।
तर केन्द्रले यति सामान्य काम नगर्दा सरकारी वेबसाइटमा समस्या देखिनुले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सरकारको लापरबाही प्रस्ट हुन्छ । सरकारी निकायको यस प्रकारको कार्यशैलीलाई लिएर सूचना प्रविधि क्षेत्रका जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...