२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते

धनगढी – कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । बुधबार गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन ।

घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते चौधरीको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले टिप्पर र चालक बझाङको थलारा गाउँपालिका–१ का २६ वर्षीय जिवन बिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८१ भाद्र २०

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP