२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

तिज विशेष स्वास्थ्य शिविरमा २५२ जना महिलाले लिए सेवा

दिपायल- सुजङ्ग अस्पताल राजपुरले सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा दुई सय ५२ जना महिला विरामीहरुले सेवा लिएका छन् ।

अस्पतालले हरितालिका तिजको अवसर पारेर बुधबार महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा दुई सय ५२ जना महिलाहरुले स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । जसमध्य एक सय ५४ जना महिलाहरुको पाठेघरको जाँच गरिएको थियो । एक सय ९५ जनाको भिडियो एक्सरे, अल्ट्रासाउण्ड गरिएको थियो । अधिकांश विरामीले पाठेघरको जाँचसँगै भिडियो एक्सरे, अल्ट्रासाउण्ड दुबै सेवा लिएका थिए ।

यो वाहेक विरामीहरुको रगत, पिसाव, प्रेसर लगायतको स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण गरिनुका साथै स्वास्थ्य परामर्श दिइएको थियो । अस्पतालमा स्वास्थ्य जाँच गरेका १७ जना महिलाहरुको पाठेघरको अप्रेस गर्नुपर्ने जटिल अवस्था देखिएको अस्पतालले जनाएको छ ।

सुजङ्ग अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डक्टर सुवाष थापा मगर, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टर सुरेन्द्र कुमार चौधरी र एमविविएस डक्टर राजमणी यादव लगायतको टिमले स्वास्थ्य सेवा दिएका थिए ।

सुजङ्ग अस्पतालले तिजको अवसर पारेर गत वर्ष पनि शिविर सञ्चालन गरेको थियो । अस्पतालले समय समयमा अस्पताल तथा अस्पताल बाहिर स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

तिजको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

 

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ भाद्र १९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP