२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बीपी क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पतालबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी

काठमाडौं- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन र सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी भएको छ।

सेवा प्रदायक अस्पताल र विस्तारित सेवा सञ्चालन हुने अस्पतालबीच ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तारित गर्ने सम्बन्धी कार्यविधि २०८१’ मार्फत यस्तो समझदारी भएको हो।

विस्तारित सेवाको लागि विशेषज्ञ सहयोग गर्ने बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र विस्तारित सेवा प्रदान गर्ने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बीपी अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने र सुदूरपश्चिम प्रदेश अस्पतालका अध्यक्ष नर बहादुर शाह (निर्मल)को उपस्थिती रहेको थियो।

सेवा प्रदायक अस्पताल र विस्तारित सेवा सञ्चालन गर्ने अस्पतालको द्विपक्षीय सहमतिका आधारमा सेवा थप गर्ने वा सेवा सञ्चालनको कार्यतालिका परिमार्जन गर्न सकिनेछ।

सेवाको गुणस्तरको लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने जनाइएको छ। यो समझदारी २०८१ भदौ १९ गतेदेखि २०८२ असार मसान्तसम्म लागू हुने समझदारीपत्रमा उल्लेख गरिएको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०८१ भाद्र १९

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP