कैलाली । नेपाली कांग्रेसका नेता तथा सरकार गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र काङ्ग्रेसबिच राम्रो वातावरण रहेको र कसैले पनि अफ्ठेरो पार्न नसक्ने बताएका थिए ।
‘अहिले समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा अत्यन्त स्वहार्दपूर्ण , सरल र राम्रो वातावरण छ । कुनै खालको पनि कन्फ्युजन, कुनै खालको अफ्ठेरो, समस्या छैन । यसमा अफ्ठेरो समस्या पार्न खोजे पनि पार्न सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सन्किसकेको समेत उनले टिप्पणी गरेका थिए ।
मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादु्र कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।
उक्त विषय बारे गृहमन्त्री लेखकले भने, ‘उहाँले कुनै सन्दर्भमा त्यो भनेको हो । बाहिर जुन सन्दर्भमा आयो मैले त्यसरी भनेको होइन सामान्य विषयमा भनिएको हो भन्नु भएको छ । त्यो कुरा सन्किसकेको छ ।’
मुलुकमा राजनीतिक स्थिरताको लागि कांग्रेस र एमाले एक ठाउँमा आउनु परेको समेत उनको भनाइ थियो । ‘राजनीतिक स्थिरता भएन । प्रत्येक दुई तीन महिनामा केन्द्रका प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत देखाउनु पर्ने ।सरकार भत्काउने र बनाउने मुरा मात्रै भइरहेको थियो ’ उनले भने ‘सरकारको अस्थिरताको अवस्थालाई हामीले समाप्त गयौँ । स्थिर सरकार र स्थिर समीकरणले केही महत्त्वपूर्ण योजना बनाएका छौँ । ’
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने, भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्ने, विकास निर्माणका गतिविधिलाईलाई द्रुत गतिमा अगाडी बढाउने, विधिको शासन स्थापना गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ गने दुई पार्टीको योजना रहेको उनले बताए ।
संविधानको अभ्यासको क्रममा देखिएको सरलता र जटिलता बारे पनि संविधानमा समय सापेक्ष संशोधन आवश्यक रहेको उनले बताए
दुई ठुला पार्टीको सरकार र समीकरण भएपछि सान्ती प्रक्रियाका बाकी कामले पनि पूर्णता पाइरहेको गृहमन्त्री लेखकले बताए ।
‘१८ वर्षदेखि निष्कर्षमा पुग्न सकेको थिए । यो सरकार र यो समीकरण निर्माण भए लगत्तै सहमतिकै आधारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुराइरहेका छौँ’ उनले भने ‘अब चाडै आयोग बन्छ । ’
निर्मला प्रकरणको पनि अनुसन्धान हुने बताएका थिए । उनले आफ्नो मन्त्रालयमा चाँडै सचिव आउने समेत स्पष्ट पारे । सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको गृहमन्त्री लेखकको भनाइ थियो ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...