दिपायल– नेपाल तरुण दल डोटीका सचिव ओमप्रसाद फुलाराले सामाजिक सञ्जालमा आवेगमा आएर पत्रकारका विषयमा जथाभावी लेखेको स्वीकार गरेका छन् ।
शुक्रबार डोटीमा पत्रकारबिचको छलफलमा सचिव फुलाराले बिना कारण र बिना प्रसंग सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएकोप्रति आत्माग्लानीसहित जथाभावी लेखेको स्वीकारेका हुन् ।
उनले नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव, गोरखापत्र राष्ट्रिय दैनिकका सम्वाददाता, शिखर समाचारका सम्पादक तथा नेपाल प्रेस युनियन डोटीका निवर्तमान सचिव पवन महराको व्यक्तिगत फेसवुकमा र त्यस अघि म्यासेन्जरमा आवेगमा आई विना कारण, विना प्रसंग अमर्यादित, अभद्र, अपशब्द प्रयोग गरेका थिए । उनले भने ‘पत्रकार महराको पेशागत र सामाजिक चरित्रमाथि असर पर्ने गरी मैले उठाएको प्रश्न कपोकल्पित र भ्रमपूर्ण भएको म सहर्ष स्वीकार गर्दछु । मेरो उक्त अभिव्यक्ति र व्यवहारले पत्रकार महरा र समग्र पत्रकारितामा परेको असर प्रति आम माफी चाहन्छु ।’
उनले आगामी दिनमा यस्ता गल्तीहरु नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै –‘नेपालको संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता, प्रेस अभिव्यक्ति र मर्यादित पत्रकारिता पेशा माथि आँच आउने गरी आगामी दिनमा कुनै पनि पत्रकार माथि अमर्यादित, अभद्र, अपशब्द प्रयोग गरी धम्कीपूर्ण अभिव्यक्ति, प्रतिक्रिया नदिने र त्यस्ता गतिविधिमा संलग्न नहुने प्रतिवद्धता व्यक्त गर्दछु । त्यस्ता गतिविधि नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तामा अनुरोध छ ।’
उनले आफुबाट त्यस्ता गतिविधि भए गरेमा कानुन वमोजिमको कारबाही व्यहोर्न तयार रहने बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...