२०८३ आश्विन २९, बिहीबार
October 15, 2026, Thursday

कंगनाले अन्टसन्ट बोल्दा तनावमा भाजपा, भन्यो- ‘अब यो विषयमा बोल्दै नबोल्नु’

काठमाडौं : अभिनेत्री एवं सांसद् कंगना रनौतले अन्टसन्ट बोल्दा भारतीय जनता पार्टी विवादमा तानिएको छ।

कंगनाको अभिव्यक्तिका कारण भाजपाले विज्ञप्ति नै जारी गरेर उनको भनाइ पार्टीको आधिकारिक धारणा नभएको स्पष्टीकरण दिनुपर्यो। साथै पार्टीले उनलाई आफ्नो बाेलीमा लगाम लगाउन समेत निर्देशन दिएको छ।

पार्टी प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कंगनाको भनाइसँग असहमत छ। उहाँ पार्टीको तर्फबाट बयान दिने अधिकार पनि छैन। साथै पार्टी उहाँलाई यस विषयमा थप बयान नदिन समेत निर्देशन दिन्छ।’

कंगनाले किसान आन्दोलनका क्रममा बलात्कार र हत्याजस्ता जघन्य अपराध भएको भन्दै विदेशी शक्तिको प्रतिनिधि भएको तथ्यहीन आरोप लगाएकी थिइन्।

कंगनाको बयानपछि विपक्षी दल भारतीय कंग्रेसका नेता राहुल गान्धीले बिजेपीकी सांसद्को भनाइलाई केन्द्रमा राखेर चर्को आलोचना गरेका थिए।

उनले भनेका थिए, ‘बिजेपी सांसदले किसानलाई बलात्कारी, हत्यारा र विदेशी शक्तिका प्रतिनिधि भन्नु बीजेपीको किसान विरोधी नीति र नियतको प्रमाण हो। अन्नदाताको इज्जत र मर्यादामाथि आक्रमण गरेर मोदी सरकारले किसानलाई गरेको धोका लुकाउन सकिँदैन।’

एक भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा कंगनाले पञ्जाबमा किसान आन्दोलनको नाममा बदमासहरुले हिंसा फैलाइरहेको आरोप लगाएकी थिइन्।

उनले भनेकी थिइन्, ‘त्यहाँ बलात्कार र हत्याहरू भइरहेका थिए। हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए आन्दोलनकै क्रममा पञ्जाब पनि बंगलादेशमा परिणत हुने थियो। किसान विधेयक फिर्ता नलिएको भए उनीहरूले देशमा जे पनि गर्न सक्थे।’

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ भाद्र ११

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP