२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

अवैध भन्सार छलीको ९ लाख बढीको सामान बरामद

डोटी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं।१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ ।

बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका सामानहरू रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सो सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सोमवारै कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–५ को सुकासाल, सोही नगरपालिका–९ को मटेना र वडा नं। ११ को भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब दुई लाख १६ हजार ६ सय बराबरको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साइकलका सामान, किराना सामान, हार्डवेयरका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरू बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र ११

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP