२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

सुर्खेतबाट बुटवल जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ।

दिउँसो साढे २ बजेतिर भएको बस दुर्घटनामा परेर १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइते केहीको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्यको स्थानीय अस्पतालहरूमा उपचार जारी छ।

 

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र १०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP