२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

टुँडिखेलमा ‘मुर्दावाद’ को नारा लागेपछि झोक्किए देउवा, भने– लाज नभएका बदमासहरू!

सुदूरपश्चिम प्रदेशमा प्रमुख चाडका रुपमा मनाइन्छ, गौरा पर्व। आजको दिन महिलाहरू ब्रत बसेर गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै गौराघरदेखि मन्दिरसम्म पुग्ने चलन छ।

यही पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि एक कार्यक्रम आयोजना भएको छ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पनि पुगेका थिए।

कार्यक्रमको उद्घाटन पनि ओली र देउवा दुवैले मिलेर गरे। दुवैले टुँडिखेलस्थित मञ्चमा राखिएको दमाह पनि सँगै बजाए।

टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सहभागी हुन ठूलो भिड जम्मा भएको थियो। भिडबाट नेताहरूको विरोध गर्दै केही युवाहरूले चर्को नारा लगाइरहे।

नारा चलिरहेकैबीचमा पोडियममा सम्बोधन गर्न पुगेका, सभापति देउवा। देउवा पोडियममा पुग्नासाथ भिड उत्तेजित बन्यो। उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थालेको थियो।

त्यसपछि देउवा पनि आक्रोशित हुन थाले। ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने।

भिड झनै आक्रमक बन्न थाल्यो।

त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए।

‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू! अर्काको कार्यक्रम बिथोल्ने? लाज छैन? यही हो तपाईंहरूको संस्कृति? यही हो तपाईंहरूको चलन? यही कुरा सिकेर आएको हो? बदमासहरू!,’ देउवाले भने।

यति भनेपछि देउवा सम्बोधनतिर लागे।

‘आदरणीय दाजुभाई, दिदीबहिनीहरू, यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्। गौरा खेल्न आएका छन्। गौरा पर्वको कुरा सुनुन्,’ देउवाले अघि भने, ‘यीनीहरू सुन्दैनन्, न गौरा खेल्न दिन्छन्। यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन्। यहाँ को को त्यस्ता छन्, तीनलाई ठिक पार्नुपर्छ।’

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र १०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP