२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

शिवपुरी धाममा कलाकार बोकटानी किङको नेतृत्वमा सरसफाई

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा सरसफाई गरिएको छ ।

कलाकार तथा व्यापारी विनोद बोहरा (बोकटानी किङ) को पहल तथा नेतृत्वमा सोमबार शिवपुरी धाममा सरसफाई गरिएको हो  ।

शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाम व्यवस्थापन समितिले श्रावणमा लघुरुद्रि अनुष्ठान पूजाका बेला भएको फोहोर व्यवस्थापन नभएपछि बोकटानी किङले सरसफाई गरेका हुन् ।

बोकटानी किङलाई सरसफाई गर्न चलचित्र निर्देशक सतिस सिन्हा, कोरीयोग्राफर केशव बलायरले सहयोग गरेका थिए । उनिहरुले शिवपुरी धाम परिसरबाट करिब ८ बोरा बढी फोहोर निकालेका छन् ।

बोकटानीले तीन दिन अघि (भाद्र ८ गते) शिवपुरी धार्मिक क्षेत्रमा फोहोर अत्यधिक भएकाले सरसफाई गर्न व्यवस्थापन समिति र सरोकारवालालाई आग्रह गर्दा पनि सरसफाई नभएपछि आफैले गरेका हुन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८१ भाद्र १०

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP